कोरोनाको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको डब्ल्यूएचओको घोषणा

SHARE:

एजेन्सी ५ मे २०२३ ।

कोभिड–१९ कोरोना भाइरसको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले घोषणा गरेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएको छ । यद्यपि धेरै देशले यसअघि नै कोरोना महामारी सकिएको घोषणा गरिसकेका छन् ।

सन् २०२१ को जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना कोरोना सङ्क्रमितको ज्यान जाने गरेकोमा यो सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!