नेफिन युकेको च्यारिटी डिनरबाट दस हजार पाउण्ड संकलन: कर्मा पहाडी शेर्पा – बेलायत ।

SHARE:

 

 

 

 

 

 

 

 

 

 

 

नेफिन युकेको च्यारिटी डिनरबाट दस हजार पाउण्ड संकलन

०५ मे २०२३ – : कर्मा पहाडी शेर्पा – बेलायत । नेपाल आदिवासी जनजाती महासंघ युके (नेफिन युके) को बैठक जुमद्वारा सम्पन्न भएको छ। उक्त च्यारिटी डिनरबाट दस हजार पाउण्ड संकलन भएको नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले जानकारी दिएका छन।

सो बैठकमा गत १९ अप्रिल २०२३ का दिन नेपाल आदिवासी जनजाती महासंघ युके (नेफिन युके) ले संचालन गरेको च्यारिटी डिनर कार्यक्रमबाट आय तथा ब्यायको बारेमा ब्यापक छलफल गरेको छ । बैठकले डा. महाबिर पुनद्वारा स्थापित संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाली रुपिया ५ लाख सहयोग गर्ने निर्णय भएको छ। सो रकम, नेफिन केन्द्रमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नको लागि नेफिन केन्द्रका निबर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरालाई जिम्मेवारी दिइएको छ।

त्यस्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ युकेद्वारा संचालित फोनिज युके पत्रकारिता अक्षयकोषलाई पनि नेपाली रुपिया ५० हजार सहयोग गर्ने निर्णय भएको छ।

स्मरण रहोस, उक्त च्यारिटी डिनर कार्यक्रम डा. महाबिर पुनद्वारा स्थापित संस्था राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थको लागि बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो । च्यारिटी डिनर नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, नेपाल आदिवासी जनजाति युवा महासंघ युके, नेपाल आदिवासी जनजाति साहित्य तथा लेखक महासंघ यूकको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

जुमद्वारा सम्पन्न बैठकको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष तथा च्यारिटी डिनर कार्यक्रमका अध्यक्ष कर्मा पहाडी शेर्पाले गरेका थिए भने संथाका महासचिब बिमल सेनले संचालन गरेका थिए।

बैठकमा च्यारिटी कार्यक्रमका प्रमुख संयोजक तथा नेफिन युकेका निबर्तमान अध्यक्ष ले. श्री लिम्बु , सल्लाहकार तथा निबर्तमान अध्यक्ष तुल छन्त्याल, फोनिज युकेका अध्यक्ष गोमा राना, महिला महासंघका उपाध्यक्ष गङ्गा माया दुरा, फोनिज युकेका निबर्तमान अध्यक्ष तथा सल्लाहकार विश्वासदीप तिगेला, सल्लाहकार डा. सुमाया राई, सल्लाहकार एकिन्द्र गुरुङ,सल्लाहकार होम किरात, बिमला लिम्बुलगायत धेरैको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!