किरात राइ यायोक्खा युकेले मनायो उभौली साकेला

SHARE:

नगेन्द्र राज नेम्बाङ लण्डन ७ मे २०२३ ।

किरात राइ यायोक्खा सङ्घिय सचिवालय युकेले एक भब्य कार्यक्रम आयोजना गरि किरात राइहरुको महान चाड उभौली साकेला मनाएको छ ।

शनिवार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिल्डफोर्डमा नाकछोङ किताबसेर राइ र टोकाया जगत राइद्वारा सिमे भुमे मातृ पुजा आरधना गरि मन्चबाट सिलिमोमा सिलिमोपा लगायत झ्याम्टा ढोल बजाउदै साकेला नृत्य प्रदर्सन गर्दै देबिस्थल प्रस्थान गरि उभौली पुजा बिधिवत रुपमा समापन भएको हो ।

कार्यक्रमको दोस्रो चरणमा सम्पुर्ण उपस्थित अथितीहरुलाइ आसनग्रहण गराउदै सङ्स्थाका उप महासचिव प्रमिला लाबुङ राइले उभौली साकेलाको महत्व बारे प्रस्ट्याएका थिए । कार्यक्रमको अवधिमा केहि आपतकालिन आइ परेमा सुरक्षासम्बन्धी अपनाउनु पर्ने सेफ्टी ब्रीफ उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राइले जानकारी गराएका थिए ।

सिनियर पुर्खा रत्न बहादुर राइ प्रमुख अथिती गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर Masuk Miah बिसेश अथिती गैर आवाशिय नेपाली सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगर र अध्यक्ष चन्द्र बहादुर राइले सङ्युक्त रुपमा पानसमा दिप प्रजलन गरि औपचारिक कार्यक्रम उध्घाटन गरेका थिए। कार्यक्रमका सङ्योजक उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमन चन्द्र राइले उपस्थित सम्पुर्ण अथितिहरुलाइ स्वागत मन्तब्य राखेका थिए ।स्वागत मन्तव्यका क्रममा बेलायतका राजा चाल्स तृतियले राजगधि ग्रहण गरेको सुभ दिनको सुभ उपलक्षमा थ्री चेस हिप हिप हुरे पनि गराएका थिए ।

आफ्नै किरात भुमी नेपाललाइ स्मरण गर्दै नेपालको रास्ट्रीय गित र बृटिश एन्थम बजाएर कार्यक्रममा उपस्थित दर्सक अथिती हरुलाइ आस्चर्य चकित बनाएका थिए। बिसेस अथिती मगरले मन्तव्य को क्रममा नेपालको राजनिती समसामयिक बिसयमा बोलेका थिए।प्रमुख अथिती मियाले साकेला कार्यक्रम सफल भएको र अगामी दिनहरुमा पनि सफल्ताको सुभ कामना दिदै धन्यबात ज्ञापन प्रकट गरेका थिए । अध्यक्ष राइले प्रमुख अथिती, अन्य अथितिहरुलाइ सम्बोधन गर्दै उभौली साकेला पर्वको महत्व जानकारी गराएर साकेला कार्यक्रम मा उपस्थित सम्पुर्ण मान्यजन हरुलाइ हार्दिक धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन गरेका थिए ।

चन्द्र बहादुर राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अथितिहरु काउन्सिलर नेम थापा , काउन्सिलर जिब बेल्बासे ,तमु पे ल्हु सङ्घ युकेका अध्यक्ष अमर गुरुङ , नेपाल जनजाती पत्रकार महास्ङ्घ युकेकी अध्यक्ष गोमा राना किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम , मगर सङ्घ युकेका उपाध्यक्ष रुद्र थापा , धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु , फोल्कस्टन नेपाली समाजका पुर्व अध्यक्ष चन्द्र गुरुङ र एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङको उपस्थिति रहेको थियो औपचारिक कार्यक्रम सचिव गङ्गा राज राइ र उप महासचिव प्रमिला लाबुङ राइले सन्चालन गरेका थिए भने अथितिहरुलाइ होस्ट गर्नका लागी उपाध्यक्ष अनिता राइ उपाध्यक्ष निलम राइ र सदस्य दिलिप राइ खटेका थिए ।

औपचारिक कार्यक्रम समापनपछि राइ साम्पाङ, राइ चाम्लिङ ,राइ बान्तवा गरि क्रमस आ( आफ्नै भाषाको साकेला चन्डी नृत्य प्रदर्शनमा सम्पुर्ण उपस्थितहरुले नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!