पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

SHARE:

एजेन्सी ९ मे २०२३ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उहाँलाई पक्राउ गरिएको हो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पीटीआई पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए । स्थानीय टिभी च्यानलमा प्रसारित भिडियोमा गत वर्ष हत्या प्रयासका क्रममा गोली लागेर घाइते भएका खानलाई इस्लामावाद उच्च अदालत परिसरभित्र अर्धसैनिक रेन्जरले बख्तरबन्द कारमा हातपात गरेको देखिएको छ ।

पीटीआईका अधिवक्ता अली बुखारीले भने “जब हामी अदालतको बायोमेट्रिक कक्षमा उपस्थित हुन पुग्यौं, दर्जनौं रेन्जरहरूले हामीमाथि आक्रमण गरे ।”
“उनीहरूले उनलाई कुटपिट गरेर घिसार्दै बाहिर निकाले,” अधिवक्ता बुखारीले एएफपीसँग भने ।उनलाई कहाँ लगिएको हो भन्नेबारे तत्काल केही खुल्न सकेको छैन ।

खानको हत्याको षडयन्त्र रचेको आरोप लगाएपछि सेनाले उनलाई ‘आधारहीन आरोप’ नलगाउन चेतावनी दिएको एक दिनपछि खानलाई पक्राउ गरिएको हो । सन् २०१८ मा सत्तामा उहाँको उदयलाई समर्थन गर्ने तर गत वर्ष उहाँलाई सत्ताच्युत गर्ने संसदको अविश्वासको प्रस्तावअघि समर्थन फिर्ता लिएको शक्तिशाली सेनासँग खानको सम्बन्ध कति बिग्रिएको छ भन्ने कुरा सोमबार अबेर रातिको घटनाले स्पष्ट पारेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!