सरकारले नराम्रो काम गर्दैन: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १० मे २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले नराम्रो काम नगर्ने बताएका छन् ।

वामपन्थी नेता निर्मल लामाको २३औं स्मृति दिवसको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम मात्रै गर्ने र नराम्रो काम गर्दै नगर्ने बताए । एनले भने, ुसामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेका छौं।ु

सो अवसरमा उनले निर्मल लामासँगका आफ्ना विगतका स्मरणबारे चर्चा गरेका थिए। उनले भने, ुउहाँहरुलाई नै हेरेर हामी आन्दोलनमा लागेको हो। लामाजीसँगका थुप्रै प्रसंग बाँकी छन् । उनले अहिले नयाँ परिस्थिति बनेको बताउँदै सामाजिक रुपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गरे।

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाजलगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्दै त्यसका लागि सबैमा अपिल पनि गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!