बीसीसी युकेले रब्जम रिन्पोछेको बिशेष उपस्थितिमा बुद्ध जयन्ती मनायो

SHARE:

लण्डन ११ मे २०२३ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेले विविध कार्यक्रमका २५६७ औं बुद्ध जयन्ती मनाएको छ ।

गत मे ५ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । कार्यक्रममा सहभागी भक्तजनहरुले काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख एवं उक्त कार्यक्रमका प्रमुख अतिथि परमपावन हिज होलिनेश क्याब्जे सेचेन रब्जम रिन्पोछेद्वारा इम्पावरमेन्टर तथा लङ्ग लाईफ, गुड फर्चुन एण्ड वीज्डमको अभिषेक वाङ्ग प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर जोन मार्स, विभिन्न टुल्कु, खेन्पो, लोपेन गुरुहरु, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहेको थियो । दुई चरणमा आयोजना गरिएको उक्त बुद्ध जयन्तीको बिहान ९ देखि १० बजेसम्म अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका गुरु टुल्कु जिग्मे सामतेन र खेन्पो फुर्बा तेम्बाले गणचक्रको पूजा गरेका थिए । सो अवसरमा आर्मी फोर्ससको बुद्धिष्ट च्याप्लीङ्गको तर्फबाट डा. सुनिलको बिशेष उपस्थितिमा सो च्याप्लीङ्गको लुंदा झुण्ड्याइएको थियो ।

उक्त कार्यक्रमलाई प्रमुख अतिथि हिज होलिनेश क्याब्जे रिन्पोछे, स्थानीय काउन्सिलर मेयर जोन मार्स, बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन, बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ र आमा प्रमुख उर्मिला ९इन्द्र० गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा परमपावन हिज होलिनेश क्याब्जे रिन्पोछेलाई पाइपर धुनका साथसाथै पुष्प गुच्छाले स्वागत गरेका थिए । कार्यक्रममा बीसीसी युके अध्यक्ष हर्कबहादुर गुरुङले बीसीसी युकेको स्थापना, उद्देश्य, योजनालगायतका बिषयमा जानकारी गराउँदै प्रमुख अतिथि हिज होलिनेश रिन्पोछेलगायत अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै, बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले हिज होलिनेश रिन्पोछेको जीवन बारे जानकारी गराएका थिए ।

बेलायतका विभिन्न स्थान, चीन, युरोप तथा अमेरीकाबाट आएका भक्तजनहरुको बाक्लो सहभागीता रहेको सो कार्यक्रममा बीसीसी युकेका पदाधिकारी तथा आमाहरुले श्रद्देय हिज होलिनेश रिन्पोछे गुरुलाई मण्डला अर्पण गरेका थिए । कार्यक्रममा बीसीसी युके गुम्बालाई व्यक्तिगत रुपमा बिना ब्याजको ऋण उपलब्ध गराउने र नगद तथा जिन्सी प्रदान गर्ने दानबीरहरुलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।

साथै, हालै बीसीसी युकेको नयाँ ट्रष्टीज बनेका सदस्यहरुलाई समेत सदस्यता प्रदान गर्दै खादाले स्वागत गरेका थिए । कार्यक्रममा बीसीसी युके आमा समूहका संस्थापक अध्यक्ष ज्ञानुमाया गुरुङ र आमा प्रमुख उर्मिला ९इन्द्र० गुरुङको नेतृत्वमा रहेको बीसीसी युकेको सुनको बत्ती बनाउने अभियनमा विभिन्न दानदाताहरुले सुन प्रदान गरेका थिए । बीसीसी युकेका उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय मेयर मार्सले शुभकामना मन्तब्य दिएका थिए भने हिज होलिनेश क्याब्जे रिन्पोछेले बौद्ध धर्म सम्बन्धी प्रवचन दिएका थिए ।

उक्त कार्यक्रमलाई सम्पन्न गर्नका लागि बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्षहरु लेप्टन नारायण प्रसाद गुरुङ, नरेश गुरुङ, धर्म तामाङ्ग, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, निवर्तमान आमा प्रमुख पुष्पा गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ तथा सल्लाहकारहरु, ट्रष्टीज, सिंगो कार्यसमिति, आमा समूहलगायतले बिशेष भूमिका खेलेका थिए ।

बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङ र आमा सचिव शारदा गुरुङले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!