लण्डन ११ मे २०२३ ।

लण्डन स्थित ह्याम्पशायर प्रहरीले पछिल्लो समय बेलायतमा बसोवास गर्ने नेपालीहरुको सुनका गहना चोरी भइरहेकोले चनाखो हुन आग्रह गरेको छ ।
चोरी भएको सुनलाई पगालेर अथवा त्यत्तिकै पनि बिक्रि गरिने र यस्तो किसिमको घटना बाट जोगिन र डकैतलाई मौका नदिन साधारण अपराध निवारणका उपाय हरु अपनाई सुरक्षित गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।
यस्ता छन् निवारणका उपायहरु
यदि तपाईको गहना घर मै राख्नु हुन्छ, भने पनि सेफ बक्स मा राखी निगरानी गर्ने अलार्म जडान गर्ने ।
बिमा कम्पनीले कुन प्रकारको अलार्म अनि सेफ बक्स मापदण्ड मा पर्दछ भन्ने बारेमा जानकारी दिन सकिने ।
केहि समय लगाएर भए पनि, घरको चारै तिर सुरक्षित भए नभएको यकिन गर्ने ।
कतै सुरक्षाको कमि महसुस भएमा ह्याम्प्सायेर पुलिस को वेब साइट्मा गएर
जानकारी लिन सकिने www.hampshire.police.uk
गहना हराएको वा चोरी भएको सम्बन्ध मा प्रहरीलाई गहना धनीको पहिचान गर्न
सजिलोकोलागी immobilise.com मा दर्ता गर्ने ।
गहनालाई सेतो भुईमा स्केल को साथमा राखी फोटो खिची वेव साइट्मा दर्ता गर्न सक्ने । यसो गर्दा प्रत्येक गहनाको मूल्य पनि चढाउने ।
घर देखि बाहिर जानु अघि झ्याल ढोका मा ताला लगाई तष्mभच कधष्तअज जडान गरि
घरमा कोही भएको भान पार्नु होला थप घरको सुरक्षा सम्बन्धित निशुल्क सुझाब को
लागि Blue Lamp Trust लाई 03007770157 मा वा
www.bluelamptrust.org.uk मा सम्पर्क गर्न सक्नुहुन्छ।
सामाजिक संजाल मा लापर्वाही सूचना नराख्ने, किनकि तपाईको सूचना क-कस्ले
पढी रहेको छ तपाईलाई जानकारी हुन सक्दैन जस्तैस् “म छुट्टीमा जाँदै छु, वा
पारिवारिक बिवाह भोज मा जाँदै छु भनेर“नभन्ने ।






