नेपालका पूर्वगृहमन्त्री खाणलाई ४ दिन हिरासतमा राखिने

SHARE:

काठमाडौं १४ मे २०२३ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ४ दिनको म्याद थप गरिएको छ।

प्रकरणमा मुछिएका खाण गत वैशाख २७ गते पक्राउ परेका थिए। अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो ।

अदालत लाने क्रममा उनलाई बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको थियो यद्यपि उनको हातमा हतकडी भने लगाइएको थिएन । उनलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् । यसै प्रकारणमा पक्राउ परेका अन्य व्‍यक्तिहरूको बयानका आधारमा खाण पक्राउ परेका थिए ।

प्रहरीले यसै प्रकरणका एमाले नेता टोपबहादुर रायमाझीलाई भने पक्राउ गर्न सकेको छैन । उनी प्रहरीको फरार सूचीमा छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!