एजेन्सी १५ मे २०२३ ।

मेक्सिकोको उत्तरी क्षेत्रमा मालबहाक ट्रक र भ्यान आपसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ।
ट्रक र भ्यान ठोक्किँदा आगो लागेर २६ जनाको ज्यान गएको अधिकारीले जनाएका छन। उत्तरी राज्य तमौलिपासमा भएको उक्त दुर्घटनामा मृत्यु भएको अधिकारीहरुको भनाइ छ । मालबहाक ट्रेलरलाई तान्ने अगाडिको भाग भने दुर्घटनास्थलमा भेटिएको छैन ।
चालकले ट्रेलरबाट छुटाएर भागेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त राज्यको राजधानी सियुदाद भिक्टोरिया नजिकको राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






