काठमाडौं १५ मे २०२३ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
आरोपी शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसका नेता तथा रामेछापको १ नम्बर निर्वाचन क्षेत्रबाट २०७० सालमा निर्वाचित सांसद हुन् ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा पुगेर भेटेपछि शेर्पा पनि अनुसन्धानमा तानिएका छन् ।






