रेशम चौधरीको जन्मकैद सजाय सर्वोच्चबाट सदर

SHARE:

काठमाडौं १६ मे २०२३ ।

सर्वोच्च अदालतले टीकापुर हत्याकाण्डमा जन्मकैद भोगिरहेका रेशम चौधरीको मुद्दामा जिल्ला र उच्च अदालतको सजाय सदर गरेको छ ।

सर्वोच्च अदालतको यो आदेशसँगै रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी मारिएको हिंसात्मक घटनाका आरोपित रेशम चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । त्यसमा आज फैसला सुनाउँदै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई सफाइ दिन अस्वीकार गरेको हो ।

उक्त घटनामा जेल सजाय भोगिरहेका गंगाराम चौधरी र सीताराम चौधरीले भने सफाइ पाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!