कलाकारलाई अपमान गरेको भन्ने समाचार भ्रमपूर्ण : मगर संघ यूके [विज्ञप्तिसहित]

SHARE:

लन्डन १७ मे २०२३ । मगर संघ यूकेले केही सञ्चारमाध्यमले भ्रमपूर्ण र कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै अध्यक्ष सीता पुनमगर र महासचिव गुमानसिङ थापामगरले नेपाली ओपन कन्सर्ट २०२३ को लागि बेलायतमा आमन्त्रित कलाकारहरुलाई अपमान गरेको भन्ने समाचार भ्रमपूर्ण, कपोलकल्पित र मगर संघ युकेलाई बदनाम गर्ने नियतबाट प्रकाशित गराइएको भनदै खेद व्यक्त गरेका छन् ।

‘नेपालका विभिन्न लोकप्रिय संचारमाध्यममा छापिएको समाचार कलाकारहरुलाई अपमान सहनुपरेको, उहाँहरुको इच्छाविपरीत जबर्जस्ती नेपाल फर्काइएको, बासी खाना खुवाएको, र फ्यानहरुलाई भेट्न नदिन टेन्टभित्र लुकाएर राखेको जस्ता भ्रमपूर्ण, कपोलकल्पित र मगर संघ युकेलाई बदनाम गर्ने नियतवाट प्रकाशित समाचारप्रति हामी खेद ब्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!