पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

SHARE:

एजेन्सी १७ मे २०२३ ।

पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको मृत्यु भएको छ ।

कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको मृत्यु भएको कोहट प्रहरीले जनाएको हो । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीको सीमांकनका बारेमा आदिवासी जनजाती समूहबीच झडप भएको बताइएको छ ।

बुलन्दरी पहाडको सीमांकनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद भइरहेको थियो । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!