विगतमा भएका सबै विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १८ मे २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बिहीबार प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘जहाँसम्म गौर हत्याकाण्डको कुरा माननीय सदस्यले उठाउनुभयो, म चाहिँ के पक्षमा छु भने विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ।’ उनले भने, ‘अहिले जसरी फेरि त्यो कुरालाई बिर्साउने प्रयत्न भइरहेको छ त्यसलाई गम्भीर रुपमा लिनुपर्छ।’

उनले ‘मदन(आश्रितको निधनको पनि नयाँ शिराबाट छानबिन हुनुपर्ने बताए। त्यसका लागि सबैले गम्भीर रुपले विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने उनको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!