भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

SHARE:

काठमाडौं १८ मे २०२३ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई काठमाण्डौमा रहेको उनकै निवासबाट आज बिहीवार पक्राउ गरेको हो । यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर भुटान लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र थप प्रमाण पनि भेटिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १५ जना पुगेको छ । पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतका १४ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!