काठमाडौं १९ मे २०२३ ।

नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक चुनावमा मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । आतंकवाद तथा संगठित अपराध, मिटरब्याजी, हिंसा, साइबर अपराध, लागु औषधको अवैध ओसारपसारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने भएको छ ।
त्यस्तै सरकारले आगामी ५ वर्षमा कारावासमा कैदीको चाप नहुनेगरी निर्माण भएका कारागारहरुको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।






