नेपालमा नक्कली शरणार्थी प्रकरण: पक्राउ परेका सवै जना थप तीन दिन हिरासतमै रहने

SHARE:

काठमाडौं २१  मे २०२३ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपीहरूलाई अनुसन्धानका लागि थप तीन दिन म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले आज आइतवार नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौलाई अनुमति दिएको हो । यसअघि लिएको अनुमति हिजो शनिवार सकिएको थियो । हिजो शनिवार परेकोले जिल्ला अदालत काठमाडौले हिजोदेखि लागू हुने गरी थप तीन दिन समय दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व सभासद आङटावा शेर्पालगायत बिचौलियाहरूसमेत गरी १६ जना पक्राउ परेका छन् ।

गिरोहले नक्कली भुटानी शरणार्थी बनाएर आठ सय ७५ जनालाई अमेरिका पठाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!