नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित

SHARE:

काठमाडौं २३ मे २०२३ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ।

मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए ।

सत्तापक्षीय सांसदले यसको समर्थन गरे भने नेकपा एमालेसहित विपक्षी दलले विरोध गरेका थिए । सत्तापक्षको बहुमत भएकाले नीति तथा कार्यक्रम पारित भएको हो । सांसदहरु तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा।विमाल राई पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकम सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!