दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु

SHARE:

एजेन्सी २५ मे २०२३ ।

दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।

राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो । ३ महिनाको अवधिमा सो क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो ।

स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!