नक्कली शरणार्थी प्रकरणमा फरार रहेका लक्ष्मी महर्जन पक्राउ

SHARE:

काठमाडौं २६ मे २०२३ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई प्रकाउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए । महर्जनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको उनले बताए । उनलाई शुक्रबारै जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उनले बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो । महर्जन पक्राउ पर्ने १७ औं व्यक्ति हुन् । शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि अदालतमा बयानको काम सुरू भएको छ ।

प्रतिवादी धेरै भएकाले बयान सकिन केही दिन लाग्ने देखिएको छ। बयान लिने काम सकिएपछि मात्रै थुनछेक बहस सुरु हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!