
चिम्खोले समाज युकेको बार्षिक भेटघाट सम्पन्न
जमुना पुन
सनिवार २७ मे २०२३ बेलायत। चिम्खोले समाज युकेको बार्षिक भेटघाट बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ।
चिम्खोले भेटघाट कार्यक्रमको पहिलो चरणमा औपोचारिक कार्यक्रम संचालन गरिएको थियो। औपचारिक कार्यक्रममा आपतकालीन स्थिथिको बारेमा सूचना, आसन ग्रहण, दिप प्रज्वलन गर्दै बेलायत तथा नेपालमा स्वर्गवास भएका चिम्खोलेहरुको संझनामा दुइ मिनेट मौनधारण गरिएको थियो। म्याग्दी जिल्लाको भुतपुर्बक सभापति तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि रिटायर्ड ले. भोक बहादुर पुन र चिम्खोले समाज युकेका अध्यक्ष मोति बहादुर तिलिजाले संयुक्त रुपमा दिप प्रज्वलन गरेका थिए।
भेटघाट कार्यक्रममा प्रथम पटक बेलायत आएका तथा नयाँ सदस्यता बनेका चिम्खोले चेलीहरु, ज्वावई चेलाहरुलगायत छोरा बुहारीहरूलाई खडा लगाएर स्वागत गरिएको थियो। सोहि भेटघाट कार्यक्रममा चिम्खोले समाज युकेले नेपालबाट उत्त्तरी आयरल्याण्डको कुईन्स बिश्वबिद्यालय बेल्फाष्टको आमन्त्रणमा बेलायत पाल्नुभएका डा. भोज बिक्रम बुढामगरलाई सम्मान गरेका छन ।
चिम्खोले भेटघाट कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सांकृतिक कार्यक्रममा चिम्खोले समाज युकेका सदस्यहरुले आ-आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका थिए। ट्यालेन्ट प्रस्तुत गर्नेहरुमा प्रितम पुन, डा. मोहन पुन, सुबास पुन, खिम पुन, मिना पुनलगायत धेरै चिम्खोलेहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेक्रममा आमा समाजका अध्यक्ष सेतीमाया पुनको परिकल्पनामा बृद्ध आमाहरुको लागि बेलुन नृत्य प्रस्तुत गरेका थिए। भागलिने सम्पूर्ण कलाकारहरुलाई पुरष्कारद्वारा समान गरिएको थियो। सांस्कृतिक कार्यक्रम सचिब एक बहादुर तिलिजाले संचालन गरेका थिए।
चिम्खोले समाज युकेका अध्यक्ष मोति बहादुर तिलिजाको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका उपाध्यक्ष चौ बहादुर पुनले स्वागत मन्तब्य दिएका थिए भने सचिब धन बहादुर पुनले संचालन गरेका थिए। सो भेटघाट कार्यक्रममा चिम्खोले समाज युकेका सल्लाहकारहरु, उपाध्यक्षहरु चौ बहादुर पुन, मन बहादुर पुन, आमा समाजका अध्यक्ष सेती माया पुन, सचिब धन बहादुर पुन, सास्कृतिक सचिब प्रितम पुनलगायत नेपाल मगर बिद्यार्थी संघका निबर्तमान अध्यक्ष डा. भोज बिक्रम बुढामगर, मगर संघ युकेका निबर्तमान अध्यक्ष तथा एभेरेष्ट टाईम्स युकेका सम्पादक दुत पुन (चिम्खोले काईला) र मगर संघ युकेका ट्रष्टी तथा जमुना पुनको उपस्थिति रहेको थियो।







