नेपाल सरकारद्वारा आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विनियोजन

SHARE:

काठमाडौं २९ मे २०२३ ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड को बजेट ल्याएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् । उनका अनुसार चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५ दशमलव २ प्रतिशत छुट्याइएको छ । पूजिँगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७ दशमलब २५ प्रतिशत बजेट राखिएको छ । ​वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७ दशमलव ५५ प्रतिशत बजेट छुट्याइएको छ।

यो खर्च अनुमान चालू आर्थिक वर्षको विनियोजन विधेयकभन्दा २ दशमलव ३७ प्रतिशतले कम हो भने संशोधित अनुमानको तुलनामा १६ दशमलब ३७ प्रतिशत बढी हो । बजेटका स्रोतमध्ये राजश्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड उठाउने लक्ष्य राखिएको छ। वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त गर्ने लक्ष्य सरकारको छ ।

यसो गर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुने रकम वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६२ करोड र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने अर्थमन्त्री महतले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!