भारतको जम्मुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

SHARE:

एजेन्सी ३० मे २०२३ ।

भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना हुँदा १० जनाको मृत्यु भएको हो । घटनामा डेढ दर्जन घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

बसमा ७५ जना यात्रु रहेको जनाइएको छ । उनीहरु जम्मुस्थित माता बैष्णोदेवी मन्दिर दर्शनका लागि जाँदै थिए । दूर्घटनालगत्तै सुरक्षाकर्मीहरुले घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!