दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

SHARE:

काठमाडौं ३० मे २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन् ।

मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताए ।

उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणबारे खोजीनीति गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री दाहालले बुधबार शुरु हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिबद्धता जनाए । उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताए । उनले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!