५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर शेर्पा कलाकारहरूको विश्व कीर्तिमान

SHARE:

काठमाडौं ३० मे २०२३ ।

शेर्पा कलाकारहरूको समूहले ५ हजार ८ सय मिटर उचाइमा स्याब्रु नाचेर विश्व कीर्तिमान कायम गरेका छन् ।

६ हजार ४ सय ७० मिटर अग्लो मेरापिकको हाई क्याम्प ९५ हजार ८ सय मिटर० मा स्याब्रु नाचेर १५ जना शेर्पा कलाकारहरूले गिनिज बुक अफ वर्ल्डमा रेकर्ड दर्ता गराएका हुन् । वर्ल्ड बुक अफ रेकर्ड्सले कीर्तिमान रच्ने कलाकारहरूलाई ‘जमिनको उच्चतम उचाइमा सांस्कृतिक नृत्य प्रदर्शन’ गरेको भन्दै प्रमाणपत्र दिएको कार्यक्रम आयोजना गर्ने संस्था शेर्पा इभेन्ट्स अर्गनाइजरका अध्यक्ष नुरु शेर्पाले जानकारी दिए ।

वर्ल्ड बुक अफ रेकर्ड्स लन्डनबाट प्रमाणपत्र प्राप्त गर्ने कलाकारहरूमा नुरु शेर्पा, युगेन शेर्पा, कुन्साङ शेर्पा, ङङ लाक्पा शेर्पा, ल्हाक्पा डोमा शेर्पा, डोल्मा शेर्पा, मिङ्मार डोल्मा शेर्पा, फुर्दिकू शेर्पा, दिकु शेर्पा, छिरी शेर्पा, छिरिङ शेर्पा, कामी शेर्पा, ग्याल्जेन शेर्पा, कर्मा याङ्जी शेर्पा र छेतेन शेर्पा छन् ।

कार्यक्रममा सहभागीमध्ये सोलुखुम्बुका छेतेन शेर्पा मेरापिक आरोहण गरी फर्कने क्रममा मौसम खराबी कारण बेपत्ता भएका पनि अध्यक्ष शेर्पाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!