एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा हुने

SHARE:

लण्डन २ जुन २०२३ ।

एनआरएनए यूकेको निर्वाचन तालिका प्रकाशित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकाल र सदस्यहरु विपिन निरौला एवं हरि गुरुङ रहेको निर्वाचन समितिले शुक्रबार निर्वाचन तालिका प्रकाशित गरेको हो । सार्वजनिक गरिएको निर्वाचन कार्यक्रम अनुसार २५ जुन, २०२३ दिउसो १ बजे पहिलो मतदाता नामावली प्रकाशन र २५ जुनमै सांझ ६ बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध एवं २७ जुन सांझ ५ बजेसम्म एनआरएनए यूके वेवसाइटमार्फत अन्तिम मतदाता नामावली प्रकाशन गरिने भएको छ ।

त्यसैगरि, २ जुलाई दिउसो १ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन एनआरएनए यूके वेवसाइटमार्फत, २ जुलाई सांझ ५ बजेसम्म उम्मेदवारी नामावलीमाथि दावी विरोध एवं ४ जुलाई सांझ उम्मेदवारको अन्तिम नामावली प्रकाशत हुनेछ । निर्वाचन समितिका अनुसार, २२ जुलाई बिहान ७ बजे देखि सांझ ६ बजेसम्म स्मार्ट एनआरएन एपमार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ ।

मतदानको भोलिपल्ट २३ जुलाई दिउसो एक बजे परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त चिरन्जिवी ढकालले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!