क्यालिफोर्निया भीषण डढेलो, हजार घर नष्ट

SHARE:

लस एन्जलस । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो ।

क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताएका छन् । हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरुलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागीलाई नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताए ।

आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भइसकेको पनि उनले बताए ।

क्यालिफोर्नियाका अग्नि नियन्त्रकका अनुसार पुनः सुरु भएको नयाँ आगलागीमा परी गोदाम सहित ४८८ घर नष्ट भएको छ । क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो ।

गत जुलाई २३ देखि सुरु भएको यस आगलागीमा परी ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!