टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल मलेसियासंग पराजित

SHARE:

काठमाडौं ३ जुन २०२३ ।

पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत चौथो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियाको महिला क्रिकेट टोलीसँग पराजित भएको छ ।

शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटको जित दर्ता गरेको हो । जितसँगै मलेसियाले पाँच खेलको सिरिजमा २/२ को बराबरी गरेको छ । नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । मलेसियाको जितका लागि विनिफ्रेड डुराइसिंगमल सर्वाधिक ३८ रनको योगदान गरिन् ।

यस्तै, महिराह इज्जाती इस्माइलले १६ रन, मास एलिशाले १३, नुर एरियाना नात्स्याले ९, आइना हाशिम र आयसिया एलिसाले एकरएक रनको योगदान गरे ।
नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता कुँवर, कविता जोशी र सीता रानामगरले समान १/१ विकेट लिईन् ।

पाँच खेलको टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!