भारतको उडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

SHARE:

एजेन्सी ४ जुन २०२३ ।

भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ ।

उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९ सय जना घाइते भएका छन् । भारतको केन्द्र सरकार र उडिसा राज्य सरकारले उद्धार कार्य लगभग सकिएको घोषणा गरेका छन् । भग्नावशेषमा च्यापिएकाहरुलाई निकाल्ने काम सकिएको र दुर्घटनाग्रस्त रेलहरुका भग्नावशेष पन्छाउने काम पनि सकिएको बताइएको छ । चेन्नईबाट कोलकाता गइरहेको कोरोमन्डल एक्सप्रेस स्टेशनरी सामान बोकेको मालवाहक रेलसँग ठोक्किएको थियो ।

त्यसपछि यसवन्तापुरबाट कोलकाता गईरहेको हावडा सुपरफास्ट एक्सप्रेसको यात्रुबाहक रेल पनि ठोक्किएको थियो । दुर्घटनामा दुवै यात्रुबहाक रेलका डिब्बाहरु लिकबाट पल्टिएका थिए । दुर्घटनाग्रस्त रेलमा दुई हजार बढी यात्रु रहेको अनुमान गरिएको छ । यो दुर्घटनालाई भारतको रेलवे ईतिहासमै सवैभन्दा डरलाग्दो भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दुर्घटनास्थलको अवलोकन गरेका छन् । अस्पतालहरुमा पुगेर घाइतेहरुसँग पनि भेट गरेका मोदीले दुर्घटनामा दोषी देखिनेहरुलाई सख्त कारबाही गर्ने बताएका छन् ।

भारत सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने र घाइतेहरुको निस्शुल्क उपचार पनि गर्ने बताएको छ । गम्भीर घाइतेहरुलाई दुई लाख तथा सामान्य घाइतेहरुलाई ५० हजार रुपैयाँ दिने घोषणा पनि गरिएको छ । सरकारले दुर्घटनाको विस्तृत अनुसन्धान तथा छानविन सुरु गरेको छ । छानविनमा संलग्न अधिकारीहरुले सिग्नल फेलियरको आशंका गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!