बगर भाइखलक यूकेको गोर्खाकपमा भाग लिने पोखराका खेलाडीको बिदाइ

SHARE:

काठमाडौं ५ जुन २०२३ ।

बगर भाइखलक यूकेले २१ औं गोर्खाकपमा भाग लिन आएका पोखरा-११ का खेलाडीको बिदाइ गरेको छ ।

आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रमबीच पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिम लिडरलाई बिदाइ गरिएको हो । बगर भाइखलक यूकेका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राखेका थिए । ओम गुरुङले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष उज्वल रन्जित, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष करण गुरुङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पोखरा ११ र बगर भाइखलक, तमुधिं यूके, सहारा यूकेबीच मायाको चिनो आदानप्रदान भएको थियो । कार्यक्रममा विशेष भूमिका निर्वाह गर्ने बगर भाइखलक यूकेका सदस्यहरुलाई अध्यक्ष गुरुङ प्रमाणपत्र दिएका थिए । सोही क्रममा बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङलाई एन्फा कास्कीले बेलायतको प्रतिनिधि घोषणा गरेको थियो । अध्यक्ष उज्वल रन्जितले गुरुङलाई प्रतिनिधि प्रमाणपत्र प्रदान गरेका थिए ।

तमुधिं यूके १ हजार पाउन्ड, सहारा यूके ८३५, पोखरेली मञ्च यूके ५००, याक एन्ड यति सेरा गुरुङ ५०० र एम्पायर हलका प्रोपाइटर पुरन गिरीबाट ३०० बगर भाइखलकलाई सहयोग गरेका थिए । बगर भाइखलक, तमुधिं यूके, सहारा यूकेका पदाधिकारी, सदस्य, सल्लाहकार, संरक्षक, शुभचिन्तक, विभिन्न संस्थाबाट बाक्लो उपस्थिति थियो । बेलुका झन्डै ११ बजेसम्म नेपालबाट आएका कलाकारहरु श्याम रानामगर, नानु गुरुङलगायतले सांगीतिक प्रस्तुति राखेर मनोरञ्जन दिलाएका थिए ।

गत आइतबार मे २८ तारिखमा तमुधिं यूकेले आयोजना गरेको गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी मंगलबार जेठ ९ गते २३ मेमा बेलायत आएको थियो । एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!