काठमाडौं ६ जुन २०२३ ।

रेशम चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
टिकापुर घटनामा दोषी ठहर भै जन्मकैद भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिएको विरुद्ध दायर मुद्दामा सर्वोच्चले राष्ट्रपति कार्यालय लगायतका विपक्षीलाई कारण देखाउन भनेको हो । राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसको दिन आममाफी पाएर रेशम रिहा भएका थिए।
टिकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिन भनेको छ ।






