एएफसीको पहिलो खेलमा नेपाल म्यानमारसंग पराजित

SHARE:

काठमाडौं ६ जुन २०२३ ।

एएफसी यू–२० महिला एसियन कप छ्नोट दोस्रो चरणमा नेपालले खराब सुरुआत गरेको छ ।

मंगलबार नेपालले घरेलु टिम म्यानमारसँग ५–० को फराकिलो हार व्यहोर्‍यो । म्यानमारको यानगोनस्थित थुवुन्ना रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन यिन लुन इनले ह्याट्रिक गर्दा जिन मोई पाए र युन वादीले एक एक गोल गरिन् । पहिलो हाफमा दुई गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल व्यहोरेको थियो ।

नेपाल प्रतियोगिताको समूह ुबीु मा छ । यो समूहमा नेपालसँगै म्यानमार, चीन र चाइनिज ताइपेई छन् । नेपालले दोस्रो खेलमा बिहीबार चीनसँग खेल्नेछ । यस्तै, नेपालले अन्तिम खेलमा चाइनिज ताइपेईसंग शनिबार खेल्नेछ ।

यसअघि, नेपालले छनोटको पहिलो चरणमा घरेलु टिम प्यालेस्टाइन र मारियाना आइसल्यान्डलाई समान ६(० ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!