तमुधिं यूकेका उपाध्यक्ष एवं बगरभाइ खलक यूकेका उपाध्यक्ष कमल गुरुङ एन्फा कास्की ब्रान्ड एम्बास्डर

SHARE:

लन्डन ,आइतबार जून ४ तारिख अल्डरसटस्थित एम्पायर हलमा पोखरा ११ का खेलाडी, प्रशिक्षक र टिम लिडरलाई बिदाइ  कार्यक्रमबीच बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ बेलायतका लागि कास्की जिल्ला फुटबल संघ (एन्फा) को ब्रान्ड एम्बास्डरमा मनोनीत भएका छन्  ।

२१ औं गोर्खा कपमा भाग लिन पुगेको अवसरमा उपाध्यक्ष गुरुङलाई एन्फा कास्कीका अध्यक्ष उज्वल रंजितले मनोनयनपत्र प्रदान गरेका हुन् ।

श्री कमल गुरुङज्यूलाई यस संघको Brand Ambassador of UK जस्तो गरिमामय पदमा मनोनयन गरेको व्यहोरा जानकारी गराउँदछौं,’ पत्रमा लेखिएको छ, ‘साथै यहाँको सदैव साथ सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछौं ।’ फुटबल खेलको विकास र विस्तारको लागि कास्की जिल्ला फुटबल संघ क्रियाशील छ । संघबाट पोखरा-११ को टोली तमुधिं यूकेले २४ मेमा आयोजना गरेको २१ औं गोर्खाकपमा पहिलोचोटी सहभागी भएको थियो ।

पोखरा बगर मा हुर्केका कमल गुरुङ फुटबल र ह्यान्ड बल का कुशल खेलाडी थिए। वहा सानै बाट खेलकुद बढी रुचि राख्दथ्यो। गण्डकी बोडीङ्ग बिद्यालयमा अध्यान गर्ने क्रम विभिन्न खेलकुद बाट थुप्रै मेडल र प्रमाण पत्र हरु हासिल गरि सकेको थिए। वहा पढाईमा पनि तीक्ष्ण बुद्दि तथा नेतृत्व गर्न सक्ने क्षमतावन व्यक्ति थिए। बिदेश भए पनि स्वदेश लाइ माया गर्नु पर्छ भन्ने भावना का साथ वहाको नेतृत्व मा पोखरा बगर भाइ खलक लाइ आर्थिक  रक़म संकलन र युके मेडल लग्ने पहिलो योजना गर्नु भयो। पोखरा म्याराथुनलाई पोखरेली मन्च सगं जोडाउन पनि वहाको  मुख्य भूमिका रहेको छ। त्यस्तै गरेर साहारा युकेको को लागि पनि आर्थिक र भौतिक रुपमा सहयोग गरि रहेका छन्। गत वर्षा मात्रै वहालाई सहारा युकेले वहाको योगदानलाई कदर गर्दै साहारा अवार्ड बाट सम्मान गरि सकेको छ। हाल वहा रेडिङ्ग बुद्धिस्ट गुम्बा को महा सचिब पनि हुनु हुन्छ। बिशेष गरेर बर्षेनी हुने तमु धी द्वारा आयोजित गोर्खा कप मा ९ वर्षा देखि वहा निरन्तर प्रायोजक को संयोजक गरि रहेको छ। हाल बेलयात को अल्डर्शट मा  China Oriental Super Market व्यवसायमा ब्यस्त हुनु हुन्छ ।

बगर भाइखलक यूकेका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य राखेका थिए । ओम गुरुङले सञ्चालन गरेको कार्यक्रममा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष उज्वल रन्जित, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष करण गुरुङलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पोखरा ११ र बगर भाइखलक, तमुधिं यूके, सहारा यूकेबीच मायाको चिनो आदानप्रदान भएको थियो । कार्यक्रममा विशेष भूमिका निर्वाह गर्ने बगर भाइखलक यूकेका सदस्यहरुलाई अध्यक्ष गुरुङ प्रमाणपत्र दिएका थिए । सोही क्रममा बगरभाइ खलक यूकेका उपाध्यक्ष एवं तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङलाई एन्फा कास्कीले बेलायतको प्रतिनिधि घोषणा गरेको थियो । अध्यक्ष उज्वल रन्जितले गुरुङलाई प्रतिनिधि प्रमाणपत्र प्रदान गरेका थिए ।

तमुधिं यूके १ हजार पाउन्ड, सहारा यूके ८३५, पोखरेली मञ्च यूके ५००, याक एन्ड यति सेरा गुरुङ ५०० र एम्पायर हलका प्रोपाइटर पुरन गिरीबाट ३०० बगर भाइखलकलाई सहयोग गरेका थिए । बगर भाइखलक, तमुधिं यूके, सहारा यूकेका पदाधिकारी, सदस्य, सल्लाहकार, संरक्षक, शुभचिन्तक, विभिन्न संस्थाबाट बाक्लो उपस्थिति थियो । बेलुका झन्डै ११ बजेसम्म नेपालबाट आएका कलाकारहरु श्याम रानामगर, नानु गुरुङलगायतले सांगीतिक प्रस्तुति राखेर मनोरञ्जन दिलाएका थिए ।

गत आइतबार मे २८ तारिखमा तमुधिं यूकेले आयोजना गरेको गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी मंगलबार जेठ ९ गते २३ मेमा बेलायत आएको थियो । एन्फा कास्कीका उपाध्यक्ष नरेन्द्र जङ्ग मुखिया गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ आएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!