छैटौं भलिबल प्रतियोगिताको कप ग्रीनवीच भलिवल परिवारको पोल्टामा

SHARE:

 

कर्मा पहाडी शेर्पा

लन्डन ७ जून २०२३ । अल्डरसट भलिबल क्लबको आयोजनामा यही जून ३ तारिख शनिबार वेल्सलेमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आयोजक अल्डरसट भलिबल क्लबलाई पछि पार्दै ग्रीनवीच भलिबल परिवार विजेता बनेको हो । आयोजक क्लब उपविजेता बन्योमा सफल भएको थियो ।

रबिन्द्र रोका मगर अध्यक्ष रहेको ग्रिविच भलिबल परिवार युकेले छैटौँ अल्डरसट भलिबल प्रतियोगितामा पुरुषतर्फको ग्रीनवीच भलिबल परिवारले जित हात परेका छन भने महिलातर्फ सालीजा क्लब विजेता बनेका छन् ।

विजेता टिम ग्रीनवीचले १५ सय पाउन्ड नगत साहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए । चन्द्र पुन मगरको क्यप्टेन्सीमा रहेको खेलको उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर, बेस्ट बोलकर, उत्कृष्ट हिटर जस्ता सबै उपाधीहरु ग्रिविच भलिबल परिवारका खेलाडीहरुले नै प्राप्त गरेका थिए । अध्यक्ष रबिन्द्र रोका मगर 1st लेडि सरला राना मगर ग्रिविच भलिबलका संरक्षक बिनोद ज्ञावाली खडक रेश्मी, कर्मा पहाडी शेर्पा, अनिल गुरुङ, राम थापा, संजय देव श्रेष्ठ, टिम मेनेजार जीवन गुरुङ, टिम कोच प्रेम गुरुङले संयुक्त्त रुपमा पहिलो बिजेत्तको उपाधी उठाएका थिए । भने आयोजक टिमले दोस्रो हुँदै १२ सय पाउन्डसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्‍यो ।

त्यस्तै महिलातर्फ शालिजा क्लब विजेता बन्यो भने उसले ८ सय पाउन्डसहित पुरस्कार प्राप्त गर्‍यो । उपविजेता मोना क्लबले ६ सय पाउन्डसहित प्रमाणपत्रलगायत पुरस्कार लिन सफल भएका थिए । खेलको पहिलो सेट ग्रिविच दोश्रो अल्दर्शोत र तेश्रो ग्रिविच 22/25 बेस्ट अप तिनमा खेलाइएको थियो ।

यस वर्ष पुरुष १४ र महिला ८ वटा टिमले प्रतिस्पर्धा गरेको थियो । बेलायतको बिभिन्न सहरहरुमा बस्दै आएका भलिबलप्रेमी युवा युवातीहरुको बाक्लो उपस्थिति रहेको थियो, सन् २०१६ बाट अल्डरसट भलिबल क्लब स्थापना गरेका थिए । बेलायतमा गर्मीयाममा पहिलो प्रतियोगिता गर्ने अल्डरसट भलिबल क्लबले नै खेलाउदै आएका छन।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!