संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्छौं : प्रधानमन्त्री प्रचण्ड

SHARE:

काठमाडौं १० जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन् ।

अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संगीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका हुन् । आफू पहिलो पटक प्रधानमन्त्री हुँदा संगीत र सांस्कृतिक क्षेत्रमा केही सहयोग गर्ने अवसर पाएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई निरन्तरता दिन चाहेको पनि स्पष्ट पारे ।

ज्यापु संस्कृतिको संरक्षणका लागि गरिएको मागहरु सम्बोधन गर्न पनि सरकार प्रतिवद्ध रहेको उनले बताए । त्यस अवसरमा प्रधानमन्त्री दाहालले कार्यक्रमको महत्व नै कम हुने गरी भाषण नगर्ने भन्दै संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेवारी संस्कृति झल्काउने खालका बाजागाजासहितको सांस्कृतिक झाँक्रीहरु पनि प्रस्तुत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!