त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो, एक जना घाइते

SHARE:

काठमाडौं ११ जुन २०२३ ।

काठमाडौंको संवेदनशिल क्षेत्र मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै आज गोली चलेको छ ।

विशेष सूचनाका आधारमा विमानस्थल पुगेको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले शम्भु मार्गमा गोली चलाएको हो । प्रहरीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको बताएको छ । लागुऔषध कारोबारी एक युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली हान्न परेको प्रहरी श्रोतको दाबी छ ।

प्रहरीका अनुसार उनी भारतीय हुन् । केएमसी अस्पतालमा उपचारका लागि लगिएको र उनको नाम भने खुलिनसकेको बताइएको छ । पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि गोली हानिएको प्रहरीको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!