नेपाली ओपन कन्सर्टको पोष्ट मिटिङ सम्पन्न

SHARE:

नेपाली ओपन कन्सर्टको पोष्ट मिटिङ सम्पन्न

बेलायत। आइतवार ११ जुन २०२३ का दिन नेपाली ओपन कन्सर्टको पोष्ट मिटिङ जुमद्वारा सम्पन्न भएको छ। मगर संघ युकेको आयोजनामा नेपाली ओपन सनिवार १३ मे २०२३ को दिन फार्नबोरो फुटबल कलबमा सम्पन्न भएको थियो।

पोष्ट मिटिङमा मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष तथा नेपाली ओपन कन्सर्टका प्रमुख संयोजक लाल पुनले नेपाली ओपन कन्सर्टको असल पक्ष, कमि कमजोरी पक्ष, भविष्यमा प्रगति गर्न सक्ने पक्षको जानकारी दिदै नेपाली ओपन कन्सर्टमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद दिएका छन।

मगर संघ युकेका कोषाध्यक्ष सार्जन्ट मोहन थापाले नेपाली ओपन कन्सर्टको सम्पूर्ण आय ब्याय प्रस्तुत गरेका छन। यस बर्ष नेपाली ओपन कन्सर्टबाट कुल आम्दानी २१ हजार ६९६ पाउण्ड भएको जानकारी दिएका छन।

पोष्ट मिटिङमा मिडियामा कलाकारहरुलाई कार्यक्रमको भोलिपल्ट फर्काएर अपमान गरेको भन्ने समाचारको बारेमा व्यापक छलफल तथा समिक्षा गरेको छ। मगर संघ युकेका अध्यक्ष सिता पुन, नेपाली ओपन कन्सर्टको प्रमुख संयोजक लाल पुन र सह-संयोजक होम रोकाले कलाकारहरुको अनुरोधमा नै नेपाल फर्काएको हो भनेर स्पष्टिकरण दिएका छन। स्मरण रहोस, उक्त बिषयमा मगर संघ युकेले समाचार असत्य भएको बारेमा बिज्ञप्ति नै जारी गरिसकेको छ।

पोष्ट मिटिङमा नेपाली ओपन कन्सर्टको असल पक्ष, कमि कमजोरी पक्ष, भविष्यमा प्रगति गर्न सक्ने पक्षको बारेमा व्यापक समिक्षा भएको छ। मिटिङमा उठेका गुनासो र प्रश्नहरुका बारेमा मगर संघ युकेका अध्यक्ष सिता पुन, बरिष्ठ उपाध्यक्ष लाल पुन, उपाध्यक्ष होम रोका, महासचिब गुमान सिङ थापालगायत सम्बन्धित ब्याक्तिहरुले सहजीकरण गरेका थिए।

मगर संघ युकेका अध्यक्ष सिता पुनको अध्यक्षतामा संचालित पोष्ट मिटिङलाई संस्थाका महासचिब गुमान सिङ थापाले संचालन गरेका थिए। पोष्ट मिटिङमा मगर संघ युकेका निबर्तमान अध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु, शाखा समितिका अध्यक्षहरु, कार्यसमितिहरुलगायत धेरैको उपस्थिति रहेको थियो।

मिटिङको दोस्रो चरणमा नेपालबाट कुईन्स यूनिभर्सिटी बेल्फाष्टमा आफ्नो शोधपत्र प्रस्तुत गर्न आएका डा. भोज बिक्रम बुढामगरले उनका शोधपत्र प्रस्तुत गरेका थिए। शोधपत्र उपर सोधिएका प्रश्नहरुको सहजीकरण डा. भोज बिक्रम बुढामगरले गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!