फिफा यू–२० विश्व कप फुटबलको उपाधि उरुग्वेलाई

SHARE:

एजेन्सी १२ जुन २०२३ ।

उरुग्वेले फिफा यू–२० विश्व कप फुटबलको उपाधि जितेको छ ।

अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १-० गोलले हराउँदै उपाधि जितेको हो । उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे । तीन पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्षमुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।

त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो । २० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!