प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश जारी

SHARE:

काठमाडौं १३ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

द्वन्द्वकालिन समयमा बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै पूर्वअयोग्य लडाकु लेनिन विष्टसहितले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै अदालतले प्रतिवादी बनाइएकाहरूसँग जवाफ मागेको सर्वोच्चका प्रवक्ता विमल ढकालले जानकारी दिए । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिटलाई अग्राधिकार पनि प्रदान गरेको ढकालले बताए ।

यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो । गएको शुक्रवार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएपछि जेठ २८ गते आइतबार अदालतमा रिट दर्ता भएको हो ।

जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले दुवै नेतालाई युद्ध अपराधमा कारबाही अघि बढाउन माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!