कंगोमा विद्रोही समूहको आक्रमणमा परी ४५ जनाको मृत्यु

SHARE:

एजेन्सी १३ जुन २०२३ ।

उत्तरी कंगोमा विद्रोही समूहको आक्रमणमा परी कम्तिमा ४५ जनाको मृत्यु भएको छ ।

उत्तरी कंगोको दिजुगु क्षेत्रको लाला भन्ने स्थानमा आन्तरिक रुपमा विस्थापित भएका मानिसहरुको बस्तीमा विद्रोहीहरुले सोमबार आक्रमण गर्दा उनीहरु मारिएका हुन् । कंगो विकासका लागि सहकार्य नामक मिलिसिया समूहले आक्रमण गरेको राष्ट्रसंघले जनाएको छ । नरसंहार भएको स्थानदेखि पाँच किलोमिटर मात्रै पर राष्ट्रसंघीय शान्ति सैनिकको क्याम्प समेत रहेको जनाइएको छ ।

लेण्डु समुदायलाई अर्को समुदाय हेमाबाट सुरक्षित गर्न आक्रमण गरेको आक्रमणकारी मिलिसियाको तर्क रहेको छ । आक्रमणकारीहरुले विस्थापितहरुको बस्तीमा प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गर्ने तथा घरहरुमा आगो लगाउने गरेका थिए ।

मृतकहरुका लाश बाटो र घर अगाडी क्षतविक्षत अवस्थामा छाडिएको राष्ट्रसंघीय शान्ति सैनिकहरुले बताएका छन् । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनले उक्त नरसंहार गम्भीर अन्तर्राष्ट्रिय मानवअधिकार उल्लंघन भनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!