फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

SHARE:

काठमाडौं १५ जुन २०२३ ।

फिलिपिन्सविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा १–० गोलले पराजित भयो । साफ च्याम्पियनसिपको तयारीका रुपमा नेपाल मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स भ्रमणमा गएको हो।

फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा भएको खेलमा फिलिपिन्सका जार्वे गायसोले गरेको गोल नै निर्णायक बन्यो । फिलिपिन्सबाट नेपाल साफ च्याम्पियनसिप खेल्न भारत जानेछ। साफमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र कुवेत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!