तनहुँ समाज युकेको १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम जुन १७ मा हुने

SHARE:

लण्डन १५ जुन २०२३ ।

 

तनहुँ समाज युकेले १६ औं वार्षिक भेटघाट तथा बिबीक्यु कार्यक्रम गर्ने भएको छ ।

यही जुन १७ तारिखमा हुने भे्टघाट कार्यक्रममा नेपालको तनहुँ जिल्लामा स्थाई घर भई हाल बेलायतमा बसोबास गरिरहका सम्पूर्ण तनहुँ जिल्ला बासिहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ । वर्षमा एक पटक हुने यो कार्यक्रममा सहभागी भएर आफ्नो जिल्लाको आफन्तजनसँग भेटघाट गर्ने अवसर नछुटाउआग्रह गरेको छ । कार्यक्रममा नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायिका देवी घर्ती, चर्चित गायक रमेशराज भट्टराईको विशेष प्रस्तुती रहने र स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुतिको साथै तनहुँ जिल्लाको मौलिक कौरा लाईभ नचाईनेछ आयोजक तनहुँ समाज युकेले जनाएको छ ।

वार्षिक भेटघाटमा आफ्नो समुदाय तथा समाजका व्यक्तीहरुसंग भेटघाट साथै दुख सुख साटासाट गर्न पाउने, नव पुस्ताहरुलाई नेपाली समाजको रितीरिवाज , संस्कार र परम्पराको बारेमा जानकारी दिईने, नेपाली परिकारहरुको खानाहरु खान पाईने, नेपालको प्रख्यात कलाकार देबी घर्ती र रमेशराज भट्टराईको बेजोड प्रस्तुती रहने, तनहुं जिल्लाकै प्रख्यात नाच प्रत्यक्ष कौराह प्रस्तुती, युकेमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, बिभिन्न सांस्कृतिक कार्यक्रम र राफल ड्र चिट्ठाका साथै बिबीध मनोरञ्जन कार्यक्रमहरु राखिएका छन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!