
रन्जीताले यही १५ जूनमा ब्रोकलाइन हाईकोर्टमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथग्रहण गरेकी थिइन् । कार्यक्रममा अमेरिकन र नेपालीहरु गरी झण्डै ३०० जनाको सहभागिता थियो ।
रीनाका परिवार कान्छा बाबा कमल गुरुङ र धन गुरुङ पनि यूकेबाट पनि सहभागी भएका थिए । पछिल्लो समय गोर्खाहरुका छोराछोरीले देश विदेशमा राम्रो प्रगति गर्दै आएको देखिन्छ । भूतपूर्व ब्रिटिस गोर्खा यामबहादुर गुरुङ र श्रीमती राजकुमारी गुरुङका दुई सन्तानमध्ये रीना सानैदेखि पढाईमा अब्बल थिए । पिता सेनाकै जागिरमा हुँदा ब्रुनाई टापुमा जन्मिएका रीनाले हाईस्कुल कास्की पोखराको सेन्ट मेरिज स्कुलबाट गरिकी हुन् । पिताको ब्रिगेड अफ गोर्खाज्बाट अवकाश भएपछि सपरिवार अमेरिका प्रवेश गरेका थिए । रीनाले New England school of law Boston JD (Juri’s doctor) गरिकी हुन् ।







