लण्डन १९ जुन २०२३ ।

गोर्खाज् इन्टेक १९८५ ले आगामी २ वर्षपछि ४० औं वर्षगाँठ मनाउँदैछ ।
उक्त समारोह बेलायतमा नभै मातृभूमि नेपालको राजधानी काठमाडौंमा हुनेछ । सोको निर्णय गत शनिबार मात्र भएको हो । उक्त परिवारको बेइजिङस्टोक अल्वोर्थ स्कुलमा भएको ग्रीष्मकालीन भेटघाटमा निर्णय गरिएको संस्थाका अध्यक्ष पिताम्बर रानाले बताए ।
२०२५ मा हुने कार्यक्रम तयारीका लागि संस्थापक अध्यक्ष शेरबहादुर सुनारको नेतृत्वमा सात सदस्यीय विशेष समिति गठन गरिएको छ । सोको लागि १ सय ३४ जनाको नामावली संकलन गरिसकिएको मिडिया सचिव वेनकुमार गुरुङले बताए ।
संस्थाका अध्यक्ष पिताम्बर रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन अध्यक्ष रानासहित संस्थापक अध्यक्ष सुनारले संयुक्त गरेका थिए । कार्यक्रम संचालन महासचिव विजयकुमार गुरुङ र स्वागत उपाध्यक्ष लालबहादुर लिम्बुले गरेका थिए ।






