पुन मगर समाज युकेको भूमेपूजा भब्यताकासाथ सम्पन्न।

SHARE:

पुन मगर समाज युकेको भूमेपूजा भब्यताकासाथ सम्पन्न।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तुल चन्द्र तिलिजा – बेलायत

गत सनिवार १७ जुन २०२३ का दिन पुन मगर समाज युकेको भूमेपूजा बेलायतको फिलिटस्थित कोडी सपोर्ट कलबको मैदानमा भब्यताकासाथ सम्पन्न छ ।

भुमेपूजाको पहिलो चरणमा झन्डै दिन को १२ बजे भूमे देउताको लिङ्गोमा धुप्बत्ती पुजा गरिसकेपछी धौलागिरी अन्चलका पुन मगरहरुको मौलिक गित साइलोभाका गित गायका थिए। धौलागिरी नौमती बाजाको धुनसंगै भुमेथानको थपना भएको स्थानमा फर्सीको मार हानेका थिए।

भुमेपूजाको बिसर्जन कर्यक्रम अति हर्षोल्लासकासाथ सम्पन भएपछी भूमेथानमै उपस्थित सम्पुर्ण मानुभावहरुलाई रातोसेतो धजा लगाइदिदै भुमेभुमिनेले रक्षा गरुन भनेर एकार्कामा शुभकामना आदन प्रदान गरेका थिए।

भुमेपूजाको कार्यक्रम समापन भएपछी कार्यक्रमको दोस्रो चरणमा पुन मगर समाज युकेको बार्षिक भेटघाट आपचारिक कार्यक्रम शुरुआत भएको थियो। सो औपचारिक कार्यक्रममा आपतकालीन अबस्थाको जानकारी दिदै आसन ग्रहण र राष्ट्रिय गितको धुन सुनाएका थिए।

उक्त कार्यक्रममा लोकप्रिय गायक गगन पुन र शोभा कार्कीले आ-आफ्नो गीतहरु पस्किएका थिए भने स्थानीय कलाकार नानीहरुको नृत्य र धौलागिरी नौमती बाजाले आफ्नो प्रस्तुति दिएर भरपुर मनोरंजन दिएका थिए।

पुन मगर समाज युकेका अध्यक्ष बल पुर्जाको अध्यक्षतामा संचालित बार्षिक भेटघाट थिए भने संस्थाका सचिब तुल चन्द्र तिलिजाले संचालन गरेका थिए। कार्यक्रमको प्रमुख अतिथी मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष लाल पुन थिए भने बिशेष अतिथीहरुमा सगरमाथा आरिहंका कृतिमानी आरोही हरी बुढामागर, नेपालबाट पाल्नु भएका डा. भोज बिक्रम बुढामगरलगायत बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!