वरिष्ठ न्यायाधीश मिश्रले पेशी तोक्ने, कामु प्रधानन्यायाधीश जोशी बिदामा

SHARE:

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठत्म न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन् ।

कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत भएसँगै उनी बिदामा बस्ने भएपछि वरिष्ठतम न्यायाधीश मिश्रले आइतबारदेखि पेशी तोक्ने तयारी गरेका हुन् । सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलका अनुसार आइतबारदेखि वरिष्ठतम् न्यायाधीश मिश्रले पेशी तोक्नेछन् ।

यसैबीच कायममुकायम प्रधानन्यायाधीश जोशीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रका विषयमा गम्भीर प्रश्न उठेकाले स्वतन्त्र निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाइदिन सरकार र न्यायपरिषद्लाई आग्रह गरेका छन् । उनले शनिबार एक विज्ञप्ति प्रकाशित गरी आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नको निराकरणका लागि अनुरोध गरेका हुन् । उनी आइतबारदेखि १५ दिन बिदामा बस्दैछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!