होन्डुरसको एक महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

SHARE:

एजेन्सी २१ जुन २०२३ ।

मध्य अमेरिकी मुलुक होन्डुरसको एक महिला कारागारमा भएको झडपमा मंगलबार ४१ जनाको मृत्यु भएको छ ।

होन्डुरसको राजधानी टेगुसिगाल्पामाबाट २० किलोमिटर टाढा रहेको कारागारमा परस्परी बिद्रोही समूह र अन्य कैदीबन्दीबीच भएको झडपपछि कारागारमा आगजनी गरिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अधिकांशको जलेर तथा केहीको गोली लागेर मृत्यु भएको छ । सो कारागारमा कम्तीमा पनि ९ सय महिला कैदी बन्दी रहेका थिए । झडपकोबीच कारागारको आधिकांश भाग जलेर नष्ट भएको छ ।

यो घटना लगत्तै होन्डुरसका उप सुरक्षामन्त्री जुलिसा विलानुएभाले देशमा आपतकाल घोषणा गर्नुभएको छ । उहाँले सो कारागारमा बाँकी रहेका सबै कैदीबन्दीलाई संगठित अपराधको मुद्दा चलाईने जानकारी दिएका छन् । राष्ट्रपति जिओमार क्यास्ट्रोले घटनाको उचित छानबीन गर्ने बताएका छन् ।

होन्डुरस अत्यधिक भ्रष्टाचार र सशस्त्र गिरोहबाट हिंसाग्रस्त मुलुकका रुपमा परिचित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!