गोर्खाहरुको फिल्म हेर्न मेयर हर्क साम्पाङ लण्डन आउँदै

SHARE:

लण्डन २१ जुन २०२३ ।

लण्डनमा १० सेप्टेम्बरमा हुन लागेको ‘गोर्खा वारिअर’ फिल्मको प्रिमियरमा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् ।

निर्माता तथा निर्देशक मिलन चाम्सले बुधबार धरान पुगेर साम्पाङलाई प्रिमियरमा निम्तो दिएपछि साम्पाङले निमन्त्रणा स्वीकारेका हुन् । साम्पाङले निम्तोपत्र बुझ्दै फिल्ममार्फत गोर्खालीको गौरवगाथा अन्तर्राष्ट्रिय रुपमै फैलाउनु जरुरी रहेको बताएका थिए । उक्त सिनेमाको रेडकार्पेट प्रिमियर शो आइम्याक्स सिने वर्ल्ड लेस्टर स्क्वायरमा हुने तयारी छ ।

नेपाली फिल्मलाई आइम्याक्समा प्रिमियर गर्नु आफ्नो २० वर्षअघिको सपना रहेको जनाउंदै उनले मेयर साम्पाङको उपस्थितिले समारोहलाई अझै भव्य तुल्याउनेछ आशा व्यक्त गरे । निर्माता तथा निर्देशक चाम्सले वीर पूर्खाहरुलाई हेर्ने ऐतिहासिक दिन प्रिमियर लाई भब्य सफल बनाउन सबैमा अपिल पनि गरेका छन् ।

‘उक्त प्रिमियरमा विजय लामासहित फिल्मका कलाकारहरु पनि लण्डन आउने बताइएको छ । बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको पनि चाम्सले जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!