काठमाडौं २३ जुन २०२३ ।

गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटना हुँदा गोरखामा ५ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका -५ पोखरी डाडाँ जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गए राति जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ । गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको र खोजी जारी रहेको जानकारी दिए । मृत्यु हुनेमा ४ पुरुष र एक महिला रहेको उनको भनाइ छ।
अन्यको खोजी जारी रहेको छ। घटनास्थल मनकामना नजिकै पर्दछ । उनका अनुसार भीरमा अन्य पनि हताहति भएको हुनसक्ने भन्दै प्रहरीले खोजी गरिरहेको छ । २ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ । पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।
अहिले जिल्लाबाट नेपाल प्रहरी, शसस्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।






