काठमाडौं २३ जुन २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक विषयलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्तिका कारण नेपाल पछाडी पर्दै गएको बताएका छन् ।
काठमाडौंंमा आयोजित नेपाल उद्योग परिसंघ सिएनआई नेपालको २० औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गाली गलौज गर्ने प्रवृत्तिका कारण सरकारले गरेका राम्रा कामहरु पनि ओझेलमा पर्दै गएको गुनासो गरे । निजी क्षेत्रसँग मैत्री पूर्ण सहकार्य नगरि मुलुकको समृद्धि नहुने भन्दै उनले समस्याका रुपमा रहेका ऐन कानुनको सुधार गर्न आफुलागि परेको उल्लेख गरे । यसका लागि अहिले भएका विद्यमान ऐन कानुनको र्याडिकल सुधार आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
आफ्नो भारत भ्रमणका क्रमममा भएको विद्युत व्यापारको सम्झौताले आगामी १० वर्ष भित्रमा नेपालले फड्को मार्ने दाबी गरे । १० वर्षमा १० हजार मेगावाट विजुली भारतमा निर्यात गर्ने योजनाले मुलुकको अर्थतन्त्र स्वभाविकरुपमा सुध्रिने दाहालको भनाई छ । उनले नेपाल भारतको सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाईमा पुर्याएको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमा विवादका विषयमा राखेको प्रस्तावले पनि दुई मुलुकबीचको सम्बन्ध सुध्रिएको संकेतका रुपमा बुझ्न आग्रह गरे । अर्थतन्त्र सुधारकालागि सिएनआईले यसअघिको जस्तै भूमिका खेल्ने प्रधानमन्त्री दाहालको अपेक्षा थियो ।






